सिटिजन्स् बैंकले गत वर्ष १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५\७६को विवरण अनुसार अघिल्लो वर्षको तुलनामा २१ प्रतिशत बढी नाफा आर्जन गरेको हो। अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब २२ करोड रुपैयाँ थियो ।
असार मसान्तसम्ममा बैंकले निक्षेप १६ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७४÷७५ मा ६० अर्ब ६९ करोड निक्षेप संकलन गरेको बैंकले गत आर्थिक वर्षमा ७० अर्ब ४० करोड रुपैयाँ पु¥याएको हो।
यस्तै बैंकले ६२ अर्ब ९० करोड कर्जा लगानी गरेको छ । गत वर्ष बैंकले ५५ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १७.८९ रुपैयाँ छ।
यो अघिल्लो वर्ष १५.३७ रुपैयाँ थियो । यस्तै बैंकको कर्जा र निक्षेप अनुपात ७६.७९ प्रतिशत छ । बैंकले ३.१५ प्रतिशत स्प्रेड दरमा कारोबार गरेको छ भने वर्ष भरिमा खराव कर्जाको दर १.१९ प्रतिशत रहेको बैंकको दाबी छ। बैंकको बेसरेट भने १०.५२ प्रतिशत छ।