लुम्विनी विकास बैंकको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारणले बैंकको २०७५ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ।
साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १७.०७ प्रतिशत वोनस शेयर वितरण गर्ने निर्णय समेत पारित गरेको छ। बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख पुगेको छ ।
देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकलाई बैंकले सेवा दिइरहेको छ। २०७६ असार मसान्तसम्ममा २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २२ अर्ब ७६ करोड कर्जा प्रवाह गर्नुका साथै आ.व. २०७५÷०७६ को आषाढ मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार वोनस र कर अघि ९३ करोड ६० लाख मुनाफा आर्जन गर्न सफल भएको छ ।