एनआईसी एसिया बैंक र ललितपुर महानगरपालिका बीच ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ।
सो सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सुधिर नाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार श्री नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरेका छन्।
ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ।