लक्ष्मी बैंक र लक्ष्मी केयर्सले संयुक्त रुपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगितीक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगितिक कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा नेपाली गीत संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो। कोष स्थापनाको लागि आयोजनागरिएको यस कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुईवटा स्थानहरुका लागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने छ।
यी विद्युतीय गाडीको प्रयोग वृद्ध एवं शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्क रुपमा प्रयोग गरिने छ।