माछापुच्छ्रे बैंकले १९ औ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारका छुट योजनाहरु ल्याएको छ।
बैंकले ग्राहकलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्ने भएकाे छ। डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क रुपमा खोलिदिने बताएको छ।
त्यस्तै माछापुच्छ्रे महोत्सव अन्तर्गत देशभरका भाटभटेनी सुपरमार्केटहरुमा माछापुच्छ्रे बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरु खरीद गर्दा १० प्रतिशत सम्मको क्यास व्याक अफर सुविधा प्रदान गर्ने बैंकले जानकारी दिएको छ।
त्यस्तै, योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा बढीको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट दिएको छ। बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट दिएको छ।
आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्ने बैंकले जानकारी दिएको छ।
बैंकले प्रदान गर्ने विभिन्न सुविधाहरुको प्रयोग गर्न ग्राहक नजिकको शाखामा गई माछापुच्छ्रे महोत्सवमा सहभागी हुन सक्नेछन्।