प्रभु बैंकले बागलुङ्ग नगरपालिकास्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ। सो एक्स्टेन्सन काउण्टर बुधबारदेखि सञ्चालनमा आएको छ। काउण्टरको उद्घाटन कार्यालय प्रमुख केशवराज ढकाल र राजश्व प्रमुख अधिकृत बिष्णु प्रसाद शर्माले गरे।
अब मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन्।
प्रभु बैंकले १ सय ९५ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम तथा ३२ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको छ।