नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) र नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस)बीच बैंकको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रबद्र्धनकालागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
साथै बैंकका प्रतिनिधीहरुले नेपाल रेडक्रस व्यवस्थापनलाई रु ५ लाखको चेक हस्तान्तरण गरे।
रक्तदान/संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रबद्र्धनका लागि रेडक्रसलाई आर्थिक सहयोग गरेको बैंकले बताएको छ।
बैंकले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याँउदै आएको छ ।