एभरेष्ट बैंकले स्थापनाको २५औं वार्षिकोत्सव अर्थात रजत जयन्ती मनाएको छ।
यस अवसरमा लाजिम्पाटस्थित प्रधान कार्यलयमा बैंकले नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गर्यो।
बैंकले रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको थियो। समारोहमा बोर्ड अफ डिरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए। सोही कार्यक्रममा, बैंकले स्थापनाकालदेखि नै सेवा पुर्याइरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ। यसबाहेक, सबै प्रदेशमा रहेको बैंकका शाखाहरुमा पनि पुराना ग्राहकहरुलाई सम्मान गर्दै केक काटेर २५ औं वार्षिकोत्सव मनाइएको बैंकले जनाएको छ।
हालै बैंकका देशभर ९४ शाखा कार्यलयहरु, ३० राजस्व संकलन केन्द्र, १२२ एटिएम तथा विश्वभरका करेश्पोन्डेटमार्फत व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ। २०१९ मा न्यू बिजनेश एजले एभरेष्ट बैंकलाई ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक २०१९’ को उपाधि दिइएको छ।