जनता बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १३.९७ प्रतिशत बढाएको छ। बैंकले पहिलो तीन महिनामा ३६ करोड ३६ लाख रुपैयाँ नाफ गरेको बताएको छ ।
गत वर्षको पहिलो तीन महिनामा बैंकले ३२ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो।
चालू आर्थिक वर्षको पहिलो तिन महिनामा बैंकले ७५ अर्ब ३ करोड ९० लाख निक्षेप संकलन गरी ६८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ कर्जा दिएको छ । यसबाट बैंकको खुद ब्याज आम्दानी ९९ करोड ७५ लाख रुपैयाँ छ।
गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ७९ करोड ५० लाख रुपैयाँ थियो ।एक वर्षमो बैंकले खुद ब्याज आम्दानी २५ प्रतिशतले बढाएको हो।
बैंकले यसअवधिमा १.५४ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटाएर १.३३ प्रतिशतमा झारेको छ।
यस्तै बैंकको बचत र कर्जा अनुपात ७९.९४, बेस रेट १०.१३ तथा स्प्रेड रेट ४.९५ रहेको छ।
यस्तै, बैंकको प्रति कित्ता शेयरको आम्दानी १८.३४ र नेटवर्थ १३७.५० रहेको बैंकले सोमबार प्रकाशित सूचनामा जनाएको छ।
ग्लोबल आइएमईसँग मर्जरमा जान लागेको जनता बैंकले यसअघि नै मर्जरको सबै प्रकृया सकिसकेको बताएको थियो।
मंसिर २ मा बस्ने साधारण सभाले मर्जरमा जाने विषय टुङ्गोमा पुर्याउने बताएको हो।