ग्लोबल आइएमई बैंकले सोमबार तनहूँ जिल्ला, बन्दीपुरको बन्दीपुरगाँउपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले सो शाखा सञ्चालनमा ल्याएको हो।
बन्दीपुर शाखासञ्चालनसंगै बैंकको शाखाकार्यालयहरुको संख्या १५० पुगेको बैङ्कले जानकारी दिएको छ।
बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्पmत ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ।
त्यस्तै अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा बिना धितो १५ लाख रूपैयाँसम्मको प्रोफेशनलकर्जा पनि प्रदानगर्दै आइरहेको छ।
साथै अष्ट्रेलिया बेलायत र भारतमा प्रतिनिधिरसम्पर्क कार्यालय स्थापना गरेर सेवाप्रदानगर्दै आइरहेको छ।
बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतकामुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।