एनआईसी एशिया बैंकले शेयरधनीलाई लाभांश रकम बुझ्न आग्रह गरेको छ।
बैंकले विभिन्न आर्थिक वर्षमा वितरण गरेको लाभांश लिन बाँकी भए बैंकको सहायक कम्पनी एनआइसी एशिया क्यापिटल लि. हनुमानस्थान, अनामनगर, काठमाडौंबाट लिन आग्रह गरेको छ।
लाभांश पूर्जी लिईसकेका शेयरधनीलाई समेत उक्त पूर्जी आफ्नो खातामा जम्मा गर्न बैंकले अनुरोध गरेको छ। लामो समयदेखि बुझ्न बाँकी लाभांश रकम प्रचलित ऐन कानूनबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ।
यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ सेवा रहेको छ।
मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।