सोमबार गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले १५ औं शाखा संचालनमा ल्याएको छ।
ललितपुरस्थित टंगलमा संचालनमा ल्याएको उक्त शाखाको उद्धघाटन नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर सत्येन्द्र प्यारा श्रेष्ठले गरे। कार्यक्रममा प्रमुख अतिथि पूर्व गर्भनर श्रेष्ठसहित अतिथि एवं नेपाल सरकारका पुर्व मुख्य सचिवी तिर्थ मान शाक्य, संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठ, पुर्व अध्यक्ष राजेश लाल श्रेष्ठ, संचालकहरु सरोजनी श्रेष्ठ, श्री राजेश मानन्धर तथा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठलगायतको उपस्थिती रहेको थियो।
यो फाइनान्सको प्रदेश नं. १ मा २ वटा शाखा, प्रदेश नम्बर दुईमा ५ वटा शाखा र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर तीनमा ४ वटा शाखा र प्रदेश नम्बर ५ मा २ वटा शाखा कार्यालयहरु छन्।