जगदम्बा मोटर्सले ‘टभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २’ सातवटै प्रदेशमा सम्पन्न गरेको छ।
देशलाई सँगीतको माध्यमबाट जोड्ने प्रयासमा गत कार्तिक २० गतेदेखि शुरु गरिएको उक्त कार्यक्रम गत ४ गते सम्पन्न गरेको हो।
भिजिट नेपाल २०२० लाई लक्षित गरिएको यो सांगितिक कार्यक्रमार्फत् महानायक राजेश हमाल, हास्य कलाकार जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, गायिका मेलिना राई लगायतले कलाकारहरुले प्रस्तुती दिएका थिए।
यससँगै टिभिएस अपाचे आरटिआर १६०२ भी रेस इदिसन दबल दिस्कको पनि सातवटै प्रदेशमा सार्वजनिक गरिएको थियो।
विर्तामोडबाट सुरु भएको यो कार्यक्रम वीरगन्ज, चितवन, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर, हुँदै पोखरामा आएर समाप्त भएको थियो।