पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा निक्षेप ९ अर्बले थपिएको छ।
कात्तिक २९ गतेसम्म २८ वाणिज्य बैंकहरुको निक्षेप २९ खर्ब ७४ अर्ब रुपैयाँ संकलन भएकोमा मंसिर ६ गते २९ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। निक्षेपमा ९ अर्बको वृद्धि देखिए पनि कर्जा भने स्थिर छ।
कात्तिक २९ गतेसम्म २४ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ६ गते पनि उत्ति नै छ। पछिल्लो समय सबै बैंकहरुले दोहोरो व्यालेन्स सिट बनाएका उद्योगी व्यवसायीहरुलाई ऋण दिन बन्द गरेसँगै कर्जा प्रवाह बढ्न सकेको छैन।
यो पनि हेर्नुहोस्
कर कार्यालयमा एउटा, बैंकमा अर्को ‘व्यालेन्स सिट’ देखाउनेले ऋण पाउन छाडे, नयाँ माग घट्यो
Source: Nepal Bankers' Association