ग्लोबल आइएमई बैंकले विराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्धघाटन गरे।
कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगायतको उपस्थिति रहेको थियो।
नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १५१ पुगेको छ।
बैंकले हाल १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, १९५ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ।