माछापुच्छ्रे बैंक मास्टर कार्ड संजालमा जोडिएको छ।
बैंकले सबै एटिएम तथा प्वाइन्ट अफ सेल्समा प्रयोग गर्न मिल्ने मास्टर कार्ड संजालमा जोडिएको हो।
विशेषगरी विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले मास्टर कार्डसंग आवद्ध भएको हो।
माछापुच्छ्रे बैंकको १७० भन्दा बढी एटिएममार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढी प्वाइन्ट अफ सेल्समार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्छन्।
यो बैंकको १४४ वटा शाखाहरु, १३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमार्फत बैकिङ प्रदान गरीरहेको छ।