एनआइसी एशिया बैंक लिमिटेड साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा)बाट सम्मानित भएको छ।
एनआइसी एसिया उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्र्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स– सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको हो।
शनिबार बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो।
सार्क राष्ट्रहरुकोे लेखा पेशालाई नियमन गर्ने निकायहरुको छाता संगठन सफाले हरेक वर्ष सार्क राष्ट्रमा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्याङन गरी विभिन्न विधामा सम्मानित गर्दै आइरहेको छ।
निजी क्षेत्रको बैंकको तर्फबाट एनआइसी एसियाले मेरिट सर्टिफिकेट प्राप्त गर्न सफल भएको छ। बैंकका प्रमुख वित्त अधिकृत रुपेश लुइटेलले उक्त अवार्ड लिए।
यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गदैं आएको छ।