नेपाल बैंकर्स संघको अेध्यक्षमा भुवन दाहाल चयन हुने भएका छन् ।
सानिमा बैंकका कार्यकारी अधिकृत दाहाल आगामी कार्यकालको लागि अध्यक्ष बन्ने पक्का भएको हो ।
संघका हालका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना दोस्रो कार्यकाल नेतृत्व गर्ने इच्छा नगरेकाले बैंकहरुको नेतृत्वको जिम्मेबारी दाहालको काधमा आएको हो ।
'सिनियर दाइहरुले पनि यो भुमिका लिन प्रेरणा दिनुभएको छ,' दाहालले सेतोपाटी सँग भने, 'मैले हुन्छ भनेको छु।'
नेपाल बैंकर्स संघ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था हो । संघको नयाँ नेतृत्वको लागी मंसिर १९ मा निर्वाचन हुँदै छ । यसका लागि दाहालले उम्मेद्वारी दर्ता गरिसकेका छन्।
हाल उपाध्यक्ष रहेका अनुकुल भटनागर अध्यक्षमा नजाने भएपछि दाहाल अध्यक्ष हुने निश्चित भएको हो।
यद्यपी अध्यक्षको चयन भने मंसिर १९ गते हुने छ।