सोमबार नेप्से सुचक ०.८६ अंकले घटेको छ।
दिनभरि नै निकै उतार चढाव रहेको शेयर बजार बजार बन्द हुने बेलासम्म ११११.९९ अंकमा पुगेर रोकिएको हो। यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सुचक ०.४४ अंकले बढेर २४५.७१ अंकले घटेको छ।
१ सय ६४ कम्पनीको शेयर कारोबार भएको सोमबार ८ लाख २६ हजार कित्ता शेयर किनबेच हुँदा २३ करोड २२ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भयो।
आजको कारोबारमा बैंक १.१३, टेड्रिङ १३.९९ तथा जलविद्युत २.१८ अंकले बढ्नु बाहेक बाँकी सबै उपसुचक बढेका छन्।
सबैभन्दा बढी जीवन विमाको शेयर घटेको छ।
जीवन विमाको शेयर ६४.०१ अंकले घट्दा होटल ८.८ र विकास बैंकको ३.८३ अंकले घटेको छ।
आज सबैभन्दा बढी एनएमबी बैंकको शेयर कारोबार भएको छ।
एनएमबी बैंकको १ करोड ९३ लाख ९६ हजारको कारोबार हुँदा दोस्रोमा नेपाल लाइफ इन्सुरेन्सको शेयर १ करोड ३५ लाख रुपैयाँको कारोबार भयो।
नेस्नल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा अरुण काबेली पावर कम्पनीका लगानकर्ताले सबैभन्दा बढी गुमाएका छन्।