बुधबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कम्पनीका संचालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंका चन्द्रागिरी हिल्स लिमिटेडमा साधारण सभा सम्पन्न भएको हो।
उक्त दिन कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को संचालनक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने र संचालनकको नियुक्तिलाई अनुमोदन गर्ने कार्य गर्यो।
कार्यक्रममा सभापति डा.अर्यालले विमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र विमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिएको जानकारी दिए।
साथै विमा सम्बन्धी जानकारी, जनचेतना र विमाको पहुँच न्यून आयस्रोत भएका जनमानसमा पुर्याउन कटिबद्ध रहेको बताए।