गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले निक्षेप संकलन ४ अर्ब १३ करोड तथा कर्जा ३ अर्ब ३४ करोड रूपैयाँ प्रवाह गरी २०७६ असोज मसान्तसम्ममा २ करोड ३४ लाख रूपैयाँ संचालन मुनाफा गरेको छ।
यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा २३ करोड ७२ रुपैयाँ लाख रहेको छ।
बैंकको प्रदेश एकमा २ वटा, तीनमा ६ वटा, पाँचमा २ वटा र दुईमा ५ वटा शाखा र १ वटा एक्सटेन्सन काउन्टर रहेको छ।
शुक्रबार प्रदेश पाँचको खैरेनी, रुपन्देहीमा पनि शाखा खोलेको छ। बैंकको यो सोह्रौ शाखा हो।