आइतबार देखि लगातार बढीरहेको नेप्से बुधबार पनि निरन्तरता पायो। आइतबार ३.४५ अंकले, सोमबार १३.५१ अंकले बढेको नेप्से मंगलबार २.४८ र बुधबार १०.११ अंकले बढेको हो।
बुधबार ११५० अंकबाट कारोबार सुरु भएको शेयर सूचक बजार बन्द हुने बेलासम्म ११६१.४७ अंकमा पुगेर बन्द भयो।
१ सय ७३ कम्पनीको २० लाख ४३ हजार ६ सय ५ कित्ता शेयर किनबेच भएको बुधबार ५५ करोड १३ लाख ७७ हजार रुपैयाँको कारोबार भयो।
नेप्से सूचक बढेसँगै उत्पादन बाहेक अन्य सबै उपसूचक पनि बढेका छन्।आज सबैभन्दा बढी ११३.१३ अंकले बढ्यो। त्यस्तै, जीवन बीमा ७९.२८ र माइक्रोफाइनान्स ५७.२८ अंकले बढ्दा उत्पादन उपसूचक ३०.३२ अंकले घट्यो।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल बंगलादेश बैंक प्रमोटरको सेयर ६ करोड ४१ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भयो।
यस्तै, नविल, लुम्बिनी, एनएमबी बैंक र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर २ करोडमाथिको कारोबार भयो।
बुधबार सबैभन्दा धेरै कमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता छन् भने सबैभन्दा बढी गुमाउनेमा युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ता छन्।