सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ।
उक्त सम्झौताअन्तर्गत बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई उपचारका लागि प्रति व्यक्ति बस हजारसम्म सहयोग गर्दै आएको छ। सोही सम्झौता पुनःनवीकरण गरिएको हो।
सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत मासिक एक रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ।
उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो।