आर्थिक अनियमितताको आरोप खेपेका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाइ पाएका छन्।
अनियमितता नदेखिएपछि श्रेष्ठलाई सफाइ दिएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा उनले भने ‘छानविन गरिएको हो, छानविनपछि आएको रिपोर्टमा केही पनि नभेटिएपछि सफाइ दिइएको हो।’
विभिन्न बैंकहरुको फाइल लुकाउने गरेको र ति बैंकहरुसँग आर्थिक लेनदेन गर्ने गरेको, सम्पत्ति सुद्धीकरण अनुसन्धानमा असहयोग गर्ने गरेको लगायत आरोप लागेपछि यस सम्वन्धमा छानविन गर्न राष्ट्र बैंकका संचालक श्रीराम पौडेलको संयोजकत्वमा छानविन समिति बनेको थियो।
कात्तिक १८ गते सो समिति गठन भएसँगै उनी निलम्वनमा परेका थिए। मन्त्रिपरिषदले उनलाई सफाई दिएपछि उनले पुनः पदबहाली गर्न पाउने छन्। आइतबारदेखि नै उनले पदबहाली गर्नेछन्।
छानविन समितिले प्रतिवेदन बनाएर अर्थमा बुझाएको थियो। त्यस्तै श्रेष्ठले पनि आफूलाई लागेको आरोप सही नभएको भन्दै भन्दै केही दिनअघि मात्रै अर्थलाई प्रतिवेदन बुझाएका थिए।