ग्लोवल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा प्रभातफेरि आयोजना गरेको छ।
सनिबार राजधानीमा आयोजित प्राभातफेरि वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्ने उद्देश्यले गरिएको हो।
प्रभातफेरी बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, कमलादी, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, वीर अस्पताल, जमल हुदै पुनः कान्तिपथ शाखामा आएर सम्पन्न गरिएको थियो।
‘बचत गरौं’ भन्ने नारा रहेको प्रभातफेरी कायक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका पदाधिकारीहरु, उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता थियो।
बैंकले बिराटनगर, नारायणघाट, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी लगायतका स्थानमा पनि प्रभातफेरि गरेको थियो।
वार्षिकोत्सवको अवसरमा बैंकले गत पौष १७ गते कान्तिपथ लगायत काठमाडौं बाहिरका मुख्य सहरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो।
यस बैंकको २६६ शाखा, २५५ एटिएम, ३६ राजस्व संकलन तथा एक्टेन्सन काउण्टर, २४९ शाखारहित बैंकिङ्ग सेवा छ।