सिटिजन्स बैंकले थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ। आइतबार बैंकले चितवनको टाँडी, लमजुंगको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाट शाखाहरु संचालनमा ल्याएको हो।
उक्त शाखाहरुको शुभारम्भ समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो।
यी शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष्य छ।
सिटिजन बैंकले ८९ वटा शाखा, ८५ वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ एकाईहरुबाट सेवा दिदैं आएको छ।