सनराइज बैंक लिमिटेडले मोरङको मृगौलियामा ४७औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ।
शनिबार आयोजित एक कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष दोरीलाल चौधरी र सुन्दरहरैचा नगरपालिका सदस्य रामलाल गछधारले संयुक्त रुपमा उद्धघाटन गरे।
उक्त बैंकिङ सेवाका प्रतिनिधि देव नारायण चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै शाखारहित बैंकिङ सेवा संचालन गरिएको हो।
उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले बताएको छ।
यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ।
हालसम्म सनराइज बैंकले १३० वटा शाखा,४७ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १५२ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ।