सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजनास्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ।
बैंकले दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शूल्क नलाग्ने व्यवस्था गरेको छ।
साथै ग्राहकहरुले दुबै सुविधा एकैसाथ उपभोग गर्दा १०० रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन्।
यस योजना बिहीबार र शुक्रबार (माघ १६ र १७) २०७६ का लागि लागू गरिएको छ।
यो योजना विद्यार्थीलाई मात्र लक्षित हुने बैंकले बताएको छ।
सुविधा लिन आउँदा ग्राहकले विद्यार्थी परिचय पत्र पेश गर्नुपर्नेछ। उक्त योजनाका लागि नाबालकको हकमा भने प्रचलित निर्देशनअनुसार गर्न बैंकको भनाइ छ।