एनआईसी एसिया बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
एनआईसी एसिया बैंकका तर्फबाट सीईओ रोशन कुमार न्यौपाने र खल्तीका तर्फबाट डाइरेक्टर अरविन्द साहले बैंकको थापाथलीस्थित प्रधान कार्यालयमा हस्ताक्षर गरेका हुन्।
यस सम्झौताअनुसार अब एनआईसी एसिया बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’को प्लाटफर्ममा उपलब्ध सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ।
एनआईसी एसिया बैंकले हाल तीन सय १३ शाखा कार्यालयहरु, चार सय ३० एटीएम, एक सय चारवटा एक्सटेन्सन काउन्टर र ४७ वटा शाखारहित बैंकिङ मार्फत सेवा दिदैं आएको छ।