नेपाल बैंक लिमिटेडले मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ ।
एक्सटेन्स काउन्टरको सेवा शुभारम्भ गर्दै कामु सहायक प्रमुख कार्यकारी अधिृकत होमबहादुर खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्स त्यस्तै एउटा उदाहरण रहेको बताए ।
बैंकका प्रवक्ता अधिकारीका अनुसार हाल नेपाल बैंकले १ सय ७६ शाखा, २५ वटा एक्सटेन्स काउन्टर र १ सय १६ एटिएम मेसिनबाट ग्राहकालाई सेवा प्रदान गरिरहेको छ । बैंकले चाँडै नै एटिएमको संख्या १४९ पुर्याउन लागेको र २०७७ सालको अषाढ मसान्तसम्ममा २ सय शाखाबाट सेवा प्रदान गर्ने अधिकारीले बताए ।