एभरेष्ट बैंकले निमार्ण गरेको अपाङ्गमैत्री सार्वजनिक शौचालय बिहीबार काठमाडौं महानगरपालिका १० लाई हस्तान्तरण गरेको छ।
उक्त कार्यबाट स्थानीय साथ साथै आम नागरिकलाई सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले यसै वर्ष विभिन्न स्थानमा गरी १४ वटा शौचालय निर्माण गरिसकेको छ।
बैंकले ९५ शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमबाट मजबुत सेवा प्रदान गदै आईरहेको छ।