सनराइज बैंकले क्यिुएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनराइज पपकन मानिया योजना’ ल्याएको छ। यो योजना तीन महिनासम्म संचालन हुने भएको छ।
योजना अवधिभर उक्त सिनेमाघरमा कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकन निःशूल्क प्राप्त गर्ने बैंकले बताएको छ।
जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ।
प्रति कारोबार अधिकतम पाँचवटासम्म निःशूल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ।