नेपाल बंगलादेश बैँकले शनिबार पशुपतिक्षेत्र विकास कोषको सहकार्यमा डस्वीन प्रादन गरेको छ।
एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघले संरक्षण गर्नेगरी उक्त डस्विन प्रदान गरिएको हो।
नेपाल बङ्गलादेश बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको उद्धघाटन प्रमुख अतिथि पशुपति क्षेत्र विकास
कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले गरेका थिए।
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक खतिवडाले विश्व सम्पदा सूचि पशुपतिनाथ क्षेत्र वरीपरीको सरसफाइले नेपाली समाजको सभ्यतालाई विश्वभर चिनाउने बताए। साथै, यस कार्यक्रममा बैंकको तिलगंगा शाखाको ए.टि.एम पनि उद्धघाटन गरिएको थियो।