एनसेलले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत बिहीबार मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार प्रदान गरेको छ।
ईलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल मगरले १० लाख रुपैयाँ जितेका छन्।
एनसेलले यो योजना मंसिर १ देखि तीन महिनासम्म संचालन गरेको थियो।
राई यस योजना अन्तर्गत दोस्रो महिनाको मासिक विजेता हुन्। मगरले तेस्रो महिनाको मासिक विजेताका रुपमा १० लाख जिते।
यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद प्राप्त गरे।
बिहीबार तीन साप्ताहिक विजेता ग्राहकहरुले पनि २ लाख पुरस्कार ग्रहण गरेको छन्।
योजनाको ११औं हप्ता अन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले २ लाख जिते भने १२औं हप्ता अन्तर्गत बाराका अरमान देवानले २ लाख जितेका छन्।
कलाकार जितु नेपाल र सन्ध्या केसीले बिहीबार एक कार्यक्रममाझ मासिक र साप्ताहिक विजयी ग्राहकलाई नगद हस्तान्तरण गरेका थिए।
यस योजना अन्तर्गत ६० साप्ताहिक विजेता ग्राहकमध्ये ३४ जना ग्राहकहरुले आफ्ना नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी ग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन्।