बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको छ। सोही अवसरमा बैंकले ‘बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ।
उक्त खाता ग्राहकले मात्र २५ रुपैयाँमा नै खोल्ने सक्ने बैंकले बताएको छ।
बचत खातामा उच्च ब्याजदरको व्यवस्था सहित थुप्रै निःशूल्क सुबिधाहरु पनि दिइएको छ।
हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिदैं आएको छ।