होली पर्वलाई लक्ष्य गर्दै टुबोर्ग बियरले हालै सिमित अवधिको लागी टुबोर्ग होली एडिसन क्यान बजारमा ल्याएको छ । यस सिमित अवधिको विशेष क्यानमा राखिएको निलो र मागेन्टा रङको डिजाईनले होलीको रमाईलो झल्काउँछ । रङहरुको चाडलाई ध्यानमा राख्दै क्यानमा राखिएका रङहरुको समिश्रणले टुबोगको हरियो रङमा चमक थपेको छ ।
गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर, बैभव शर्मा भन्छन्, “टुबोर्गलाई आफ्नो अभिनव प्रस्तुतिको लागि चिनिन्छ र नयाँ होलीको क्यान यसकै एक उदाहरण हो । यस नयाँ सिमित अवधिको क्यानले टुबोगको होली पर्वसँगको रमाईलो सम्बन्ध झल्काउँछ ।” उनले थपे, “ग्राहकहरुले हाम्रो होली लिमिटेड एडिसन क्यानहरु मन पराउनेहुनेछ भनि हामी विश्वस्त छौ र हाम्रो सिमित अवधिका क्यानहरुमा नयाँ क्यान थप्न पाउँदा गर्व छौं ।”
टुवोर्गको होलीको कार्यक्रमहरु देशभरिका शहरहरुमा मनाईदैछ । काठमाडौ, ललितपुर, भक्तपुर, धुलिखेल, किर्तिपुर, किर्तिपुर, भैरहवा, बिराटनगर, बिर्तामोड, बुटवल, दाङ, धनगढी, धुलिखेल, नेपालगञ्ज, पोखरा, नारायणघाट, धरान, ईटहरी, हेटौडा तथा अरु शहरहरुमा होली विशेष कार्यक्रम हुन लागेको कम्पनीले जनाएको छ।
टुबोर्गले सामाजिक सञ्जालहरुमा दुईवटा प्रतियोगिता आयोजना गरेको छ । फेसबुकमा गरिएको प्रोफाईल पिक्चर फ्रेम कन्टेस्ट एक हो जसमा, प्रतियोगीहरुलाई देशभरका कार्यक्रमहरुको निःशुल्क टिकट प्रदान गरिन्छ । होलीको वातावरणलाई अझै जिवन्त बनाउन प्रोफाईल पिक्चर फ्रेम तयार गरिएको छ । सामाजिक सञ्जालमा लोकप्रिय भईरहेको अर्को प्रतियोगिता भने “गोल्डेन टिकट” जित्नको लागि हो । यस कन्टेस्टको विजेताले पनि आफ्नो ईच्छाअनुसारको देशभरका कार्यक्रमहरुको टिकटको साथै निःशुल्क बियर कुपनहरु प्राप्त गर्नेछ ।