युरोपियन ब्राण्ड लुइस फिलिपका समर (गर्मी) सिजनका कपडाहरु नेपाली बजारमा भित्रिएका छन्।
बसन्त, शरद र जाडो सिजनका कपडाहरुपछि गर्मी सिजनका कपडाहरु नेपाल भित्रिएको हो। नेपालका लागि आरपी ग्रुपले सो कपडा भित्र्याउने गरेको छ।
गर्मी सिजनका लागि सर्ट, समर सुट, ब्लेजर, टि सर्ट, हाफ पाइन्ट र समर सुजका नयाँ उत्पादन नेपाली बजारमा भित्र्याइएको लविम मल स्थित लुइस फिलिपका शोरुम म्यानेजर सुशन महर्जनले जानकारी दिए। लुइस फिलिपको शो रुम १४ महिना अघि लविम मलमा खुलेको थियो ।
लुइस फिलिपका कपडा किन ?
म्यानेजर महर्जनका अनुसार लुइस फिलिपका अधिकांश कपडाहरु औपचारिक छन् । औपचारिक कार्यक्रमहरुका लागि यो ब्राण्डका कपडा निकै लोकप्रिय रहेको उनले सुनाए।
त्यस्तै यस ब्राण्डका कपडा अधिंकाश पियोर सुतिका छन् । जसका कारण निकै हल्का र घाममा नपोल्ने खालका छन् । त्यही भएर यस ब्राण्डका कपडा पछिल्लो समय युवादेखि ब्यापारीसम्मको रोजाइ बन्ने गरेको महर्जनले बताए।
विवाह, ब्रतबन्धका साथै पार्टी वेयरका साथै सेमि फर्मल कपडाहरु पनि लुइस फिलिपका छन् । रंग नखुइलिने यसको मुख्य विशेषता रहेको महर्जनले बताए।
गर्मी सिजनका लागि आएका नयाँ प्रडक्ट
सर्ट
अधिकांश सर्ट पियोर सुतिका छन् । केहीमा भने मिसावट पनि छ। यस सर्टको मुल्य ३९ सयदेखि ६ हजार पर्छ ।
समर सुट र ब्लेजर
समर सुटको मुल्य कम्तीमा पनि १५ हजारबाट सुरु हुन्छ। बढीमा ३० हजार सम्म पर्छ । ब्लेजरको भने ११ हजारदेखि १७ हजारपर्छ ।
टि सर्ट र हाफ पाइन्ट
लुइस फिलिपका प्रकारका टिसर्ट छन् । एउटा कल्लर भएको र अर्को गोलो गला । यस्को मुल्य १६ सयदेखि ३५ सयसम्म पर्छ। हाफ पाइन्टको भने ३५ सय देखि ५ हजार रुपैँया पर्छ ।
जुत्ता, लोफर
समर सिजनका लागि ल्याइएका नयाँ जुत्ताको मुल्य ८ हजारबाट सुरु हुन्छ। ब्ढीमा १२ हजारसम्म पर्ने यो जुत्ता लगाउदाँ निकै सहजता अनुभव हुने म्यानेजर महर्जन बताउँछन्।