काठमाडौंको बसुन्धरामा अमेरिकी गुणस्तरबाट प्रेरित भएर उच्च सेवा तथा सुविधा प्रदान गरिने उदेश्यले बसुन्धरा ब्याङक्वेट (पार्टी हल) संचालनमा आएको छ।
अमेरिकामा लामो समय बसेर स्वदेश फर्किएकाहरु र नेपालमा नै बसेर ब्यवसाय गर्दै आइरहेकाहरुको संयुक्त प्रयासमा बसुन्धरा ब्याङक्वेट संचालनमा आएको हो।
'८ करोडको लगानीमा संचालनमा आएको सो ब्याङक्वेटको साढे ४ रोपनीमा बनेको छ। २ रोपनी पार्किङका लागि छुट्याइएको छ। यसको कूल क्षमता ७ सय ५० जना अट्ने छ जसमा एक हलमा ४ सय र दोश्रो हलमा ३५० जना अट्ने क्षमताको छ ।
'बसुन्धरा ब्याङक्वेट बिबाह, ब्रतबन्ध, कम्पनीका साधारण सभा लगायत विभिन्न सानातिना सभाहरुको लागि अति उपयुक्त हुने छ' बसुन्धरा ब्याङक्वेटका संचालक सुबु केसीले भने ।
'अमेरिकाबाट नेपालमा व्यबसाय गरौं भनेर नै हामी केही साथीहरु स्वदेश फर्किएका थियौं । हामीहरुमा अमेरिकी गुणस्तरको ब्याङक्वेट बनाउने सोच आएपछि त्यसमा नै लगानी गर्यौं,' संचालक सुबु केसीले भने ।
केसीले भने- ब्याङक्वेट उच्च गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले संचालनमा ल्याएका हौँ | सम्पूर्ण ब्याङक्वेट भवन वातानुकूलित हुनेछ । अत्याधुनिक साउण्ड सिस्टम, अत्याधुनिक लाइटिंग तथा डीजेको व्यवस्था उपलब्ध गरिने यस बसुन्धरा ब्याङक्वेटको आधुनिक शौचालयमा सङ्गीत समेत प्रसारणको व्यबस्था हुनेछ ।
महाराजगन्ज तथा बालाजु चक्रपथको बिच भागमा रहेको यो बसुन्धरा ब्याङक्वेट सोहि स्थानमा रहेको बसुन्धरा मन्दिरको नामबाट सुरु गरिएको हो । अबको २ वर्षमा काठमाडौं उपत्यकामा यसकै नामबाट अरु ७ वटा फ्रेन्चाइज् खोल्ने योजना रहेको केसीले बताए। २ वर्षपछि हामी उपत्यका बाहिरका मुख्य सहरहरुमा पनि ब्याङक्वेट खोल्ने लक्ष्य राखेका छौ केसीले सुनाए।