जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजले रेड रसियन नामक क्लीयर स्प्रीट्स ल्याएको छ ।
नेपालीे बजारमा अत्याधुनिक रुसी प्रविधिद्धारा शुद्ध हिमालयन पानी र उच्चस्तरीय पदार्थहरुको समिश्रणबाट बनेको रेड रसियन नामक क्लीयर स्प्रीट्स बजारमा ल्याएको हो ।
उक्त रेड रसियनको स्वाद उत्कृष्ट रहेको दाबी गर्दै जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजले यो शुद्ध र सर्वश्रेष्ठ पदार्थहरु प्रयोग गरी बनाइएको बताएको छ।
'अत्याधुनिक रुसी डिस्टिलेशन, र्फमेनटेसन र फिल्टरेशन प्रविधिद्धारा उत्पादन गरिएको गुणस्तरीय पेय पदार्थ रेड रसियन हो,' जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'रेड रसियन निट पिउनुका साथै विभिन्न ककटेलको रुपमा पनि पिउन सकिन्छ ।'
क्लीयर स्प्रीट्सको पारखीहरुको मागलाई ध्यानमा राखेर उक्त पेयको उत्पादन गरिएको हो जो स्वाद र समिश्रणको एक अनुपम उदाहरण पनि हो।
जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाह भन्छन् “क्लीयर स्प्रीट्स विश्वकै एक अति लोकप्रिय पेयहरुमा पर्दछ र हामी यस्ता गुण्स्तरीय उत्पादनहरु बजारमा प्रस्तुत गर्दै आउने छौं । ब्लेन्डिङ्ग एक कला हो र यसमा हामी दक्ष छौं । रेड रसियनले उपभोक्तालाई गुण्स्तर , स्वाद र मूल्यमा पनि पूर्ण सन्तुष्टि दिने विश्वास लिएका छौं”।
जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक शसिन जोशीका अनुसार जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजले आफ्ना उत्पादनहरुमा उच्च मापदण्ड निर्धारण गरेको छ । सोही परम्परालाई अगाडी बढाउदै १२ पटक फिल्टर गरी अत्याधुनिक रसियन प्रविधि द्धारा रेड रसियनको उत्पादन गरिएको बताए ।
हाल बजारमा रेड रसियन ७५० मि. लि. को १ हजार, ३७५ मि. लि. को ५ सय, र १८० मि. लि. को २ सय ५० रुपैयाँ पर्छ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज (जेजीआई) विभिन्न मदिरा जन्य पेय पद्धार्थको उत्पादन तथा विक्री वितरण र व्यवस्थापन गर्ने एक अग्रेणी व्यापारिक समूह हो ।
जेजीआईले डिस्टिलरी, बु्रअरी, अनुसन्धान र वितरण युनिटको संयुक्त कार्यबाट विभिन्न मदिरा जन्य पेय पदार्थका ब्रान्डहरु उत्पादन गर्दै आएको छ ।