काठमाडौंको भृकुटीमण्डपमा ‘सातौं फर्निचर तथा फर्निसिङ मेला’ आयोजना हुने भएको छ।
नेपाल फर्निचर तथा फर्निसिङ संघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी भदौंको अन्तिम साता काठमाडौंमा सो मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो।
फर्निचर व्यवसायको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सघाउ पुर्याउने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष रुपेश प्रधानले जानकारी दिए।
मेलामा फर्निचर तथा फर्निसिङका लागि आवश्यक सबै औजारहरुको प्रर्दशनी हुनेछ। आगामी भदौं २५ देखि २ गतेसम्म आयोजना हुने मेलामा ९० हजार बढिले अवलोकन गर्ने अपेक्षा पनि गरिएको छ।