सारा गु्रपले मलेसियाको ‘आइसोटनिक ड्रिंक’ ‘१०० प्लस’ नेपालमा भित्र्याएको छ।
मलेसिया र सिंगापुरमा लोकप्रिय यस पेय पदार्थलाई आइतबार नेपालमा सार्वजनिक गरिएको हो।
मलेसियाको ‘एफ एन्ड एन’ कम्पनीको मुख्य उत्पादनमा रहेको ‘१०० प्लस’ले मलेसिया, थाइल्याण्ड र सिंगापुरका साथै यसका आसपासका अन्य मुलुकहरुमा पनि बजार विस्तार गरिसकेको कम्पनीले जानकारी दिएको छ।
सारा गु्रपका प्रबन्ध निर्देशक दीपक केसी, १०० प्लस मलेसियाका म्यानेजर च्याङ्ग जेसी, ब्रान्ड म्यानेजर वाइ यीन, नेपाली राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले पेय पदार्थ सार्वजनिक गरे।
सोही अवसरमा नेपालका राष्ट्रिय खेलाडी किरण चेम्जोङलाई १०० प्लस नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको छ।
सारा गु्रपका अध्यक्ष केसी र खेलाडी चेम्जोङले ब्रान्ड एम्बेसडर नियुक्तको सम्झौतापत्रमा हस्ताक्षर गरे।
१०० प्लस मलेसिया, थाइल्याण्ड, सिंगापुर लगायतका मुलुकमा लोकप्रिय रहेको र नेपाली बजारमा पनि लोकपृय हुने सारा गु्रपका प्रबन्ध निर्देशक दिपक केसीले बताए।
नेपाली बजारमा धेरै थरि वेभरेज भएपनि यसको स्वाद र गुणस्तरले उपभोक्ताको मन चाँडै जित्ने उनको दाबी छ।
नेपाली फुटबलका राष्ट्रिय खेलाडी किरण चेम्जोङ्गले खेल जीवनमा एक्टिभ रहन विभिन्न वेभरेजको आवश्यकता पर्ने बताउँदै आइसोटनिक १०० प्लस अरु वेभरेज भन्दा उत्कृष्ट रहेकाले आफू यसमा ब्रान्ड एम्बेसडर रहेको बताए।
कम्पनीका अनुसार १०० प्लस मलेसियामा सन् १९८३ मा सार्वजनिक गरिएको थियो । १०० प्लसले खेल जीवन, एक्टिभ लाइफ र थकानका बेला शरिरलाई स्फूर्त राख्न सहयोग पुराउँछ । यसको विशेष फर्मुलाले गर्दा शरिरमा इनर्जी लस हुँदा रिस्टोर गर्न मद्दत पुराउँछ।