काठमाडौंको रवीभवनमा क्राउन इम्पेरियल चार डिलक्स होटल तयार भएको छ। अर्किड होल्डिङले निर्माण गरेको उक्त होटल सबै तयारी सकिएर आंसिक रुपमा खुल्ला गरिएको छ।
१६ तले भवनमा निर्माण भएको होटलमा १३१ कोठा छन्। सेवा र सुविधाका हिसाबले पाँचतारे बराबर भएपनि होटलले चारतारेका लागि आवेदन दिएको छ।
होटलको सबै पूर्वाधार निर्माणको काम सकिएर अहिले सफ्ट ओपनिङ गरिएको र एक महिनात्रि पुरै सञ्चालनमा ल्याउने तयरी भइरहेको होटल सञ्चालकमध्येका एक विश्व साखले जानकारी दिए।
उनका अनुसार होटल पाँचतारे स्तरको हुने छ। हरेक सेवा र सुविधा पाँचतारे स्तरकै हुने छन्। तर जग्गा अभावका कारण पाँचतारेका लागि आवेद दिइएको छैन।
होटलमा सुइट, डिलक्स र स्ट्यान्डर्ड क्याटोगरीका रुमहरु रहेका छन्।
जसमा अपार्टमेन्ट स्वीट, इम्पेरियल स्वीट, डिलक्स स्वीट, बिजनेस स्वीट, डिलक्स रुम र स्टयान्डर्ड रुम रहेका छन्। सोहीअनुसारको मूल्य रहेको छ।
होटलमा सभा समारोह, बैठक, विवाह ब्रतबन्ध, तालिम गोष्ठी जस्ता प्रायोजनका लागि हलहरु रहेका छन्। स्वीमिङ पुल, मसाज र हेल्थ क्लव पनि होटलमा रहेको छ।