निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले ह्विलचियर र्याम्प राख्ने भएको छ। एयरले ह्विलचियर प्रयोगकर्तालाई जहाज चढ्न र ओर्लन सहज होस भनेर र्याम्प राखेको छ।
ह्विलचियर प्रयोगकर्तालाइ बोकेर जहाजमा लिनुपर्ने अवस्था रहेको थियो।
आजदेखि एयरलाइन्सले यात्रुको सहजकता लागि पहिलो चरणमा काठमाडौं विमानस्थलमा त्यस्ता र्याम्प राखेको छ।
काठमाडौं पछि अन्य विमानस्थलमा पनि राखिने एयरलाइन्सले जानकारी दिएको छ ।
बुद्ध हाल काठमाडौंबाट पोखरा,भरतपुर,भैरहवा,नेपालगञ्ज, धनगढी,सिमरा,विराटनगर भद्रपुर उडान गरिरहेको छ। पोखराबाट भरतपुर र भैरहवा पनि उडान गरिरहेको बुद्धले काठमाडौंबाट भारतको वानारसी र कलकत्ता उडान गरिरहेको छ।