नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक वितरक वालाजु अटो वक्र्सले ‘३ दिने महिन्द्रा मनसुन सर्भिस क्याम्प’ सम्पन्न गरेको छ।
यो मनसुन क्याम्प देशभरका महिन्द्राका आधिकारिक वर्कसपहरुमा सञ्चालन गरिएको हो। यस मनसुन क्याम्पमा महिन्द्राका सम्पूर्ण चार पांग्रे गाडीहरुको ३० पोइन्ट चेकअपको सुविधा पनि उपलब्ध थियो। क्याम्पमा सम्पूर्ण गाडीहरुको जांच विशेषज्ञद्वारा गराइएको कम्पनीको भनाइ छ।
यस अवसरमा निःशुल्क स्वास्थ्य परीक्षणको तथा लुव्रिकेन्ट, स्पेयर पार्ट तथा लेवर चार्जमा १० प्रतिशत छुटको व्यवस्था, आदि सर्भिस क्याम्पका प्रमुख आकर्षणहरु रहे।
कम्पनीले निरन्तर अन्तर्राष्ट्रिय ब्राण्ड एक्स्पेरियन्सको साथ उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।यस मनसुन क्याम्पमा ग्राहकवर्गको उल्लेख्य सहभागिता रहेको थियो ।