अनलाइन सपिङ साइट दराज डटकमले डिमार्ट सेवा शुरु गरेको छ। उपभोक्ताहरुले पारम्परिक डिपार्टमेटंल स्टोरका फाइदाहरु घर बाटै लिन सक्नेगरी यो सेवा ल्याइएको दराजले जानकारी दिएको छ।
नून, चामल, दाल, तेल देखि अन्य धेरै दैनिक आवश्यकताका समानहरु आफ्नो घर दैलोमा डिमार्ट बाट मगाउन सक्नेगरी सेवा ल्याइएको कम्पनीले जानकारी दिएको छ।
डिमार्टले १५०० रुपैयाँभन्दा माथिको खरिदमा निशु:ल्क वितरण सुविधा दिएको छ। उपभोक्ताहरुले काठमाडौँबाट अर्डर गर्दा २४ देखी ४८ घण्टा भित्र आफ्नो अर्डर पाउनेछन भने काठमाडौँ बाहिर बाट अर्डर गर्दा २ देखि ४ दिन लाग्ने छ।