आइएमई ग्रुप अन्तर्गत संचालित अशोक लेलैण्डले ‘मेगा मनसुन फ्रिचेक अप क्याम्प अफर’ ल्याएको छ।
अफर देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागू हुने गरी ल्याइएको कम्पनीले जनाएको छ। योजनामा स्पेयर पाटर््समा ५ प्रतिशत, ल्युबमा १० प्रतिशत, लेबर श्ल्क ३० प्रतिशतका साथै ३० प्रतिशत च्यासिस ग्रीजिंगमा छुट उपलब्ध गर्ने कम्पनीले बताएको छ।
योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलसका कुनै पनि मोडलका गाडीमा लागू हुने छ। योजना असार ३० देखि साउन ५ सम्ममात्र लागू हुनेछ।