काठमाडौं मेरिएट होटलले आफ्नो रेष्टुरेन्ट ठमेल किचनमा भारतीय फुड फेस्टिभल आयोजना गरेको छ। होटलले राजस्थानी,मेवार र मारवार फुड फेस्टिभल आयोजना गरेको हो।
प्राचिनकालमा राजपरिवारहरुका लागि बनाइने स्वादिष्ट राजस्थानी भोजनको फुड फेस्टिभल आयोजना गरेको हो। मेवार र मारवार व्यञ्जनबाट प्रेरित भएर राजस्थानको क्वीलिनेरि उस्तादले बनाएको भोजनको अनुभव बिलकुल फरक भएको होटलको दाबी छ।
मेवार र मारवारको दाल बाटी, लाल मास, गट्टा करी, मिठाइमा गिवार तथा लाइभ हट सिज्लिङ कवावको प्रचुर बफेको व्यवस्था गरिएको होटलले जानकारी दिएको छ।
बफे बेलुका ६:३० बजे बाट राति १०:३० बजेसम्म खुला हुनेछ। यसको मूल्य २४०० रुपैयाँ हुने छ भने त्यसमा ६ सय रुपैयाँ थप गरेमा जति पनि काल्सवर्ग बियर पिउन पाइने छ।
यो फेस्टिभल जुलाई २८ सम्म चल्ने छ।