सोमस्र्वीद्धारा आयोजित कार्यक्रम सिंग विथ सुसान्तमा सुशान्त केसी सँगको संगीतमय साँझ आयोजना गरेको छ। काल्म रेस्टुरेन्ट एण्ड बारमामा केसीको प्रस्तुतीले युवा र संगीत प्रेमीहरुको ठूलो भीडलाई आकर्षित गरेको थियो।
सुशान्त केसीको ‘मायामा’ र ‘गुलाबी’ जस्ता लोकप्रिय गीतको आनन्द लिएका थिए।
फ्रेन्डसीप महिना अभियान अन्तर्गत सोमस्र्वीले विशेष अतिथीको रुपमा ५० जना विजेताहरुलाई आफ्नो साथीको साथमा आमन्त्रित गरेको थियो । विजेताहरुलाई फेसबुक प्रतियोगिताबाट छनौट गरिएको थियो जहाँ उनीहरु सुशान्तसँग नजिक हुनका साथै निशु:ल्क खाना र सोमस्र्वी साथमा खान सक्थे ।
गोर्खा ब्रुअरी प्रा.लि.का मार्केटिंग म्यानेजर रोजन अमात्यका अनुसार कार्यक्रम सफल भएको छ।
“यो कार्यक्रम धेरै राम्रो भयो र युवाहरुको भीडले सुशान्त केसीसँग हरेक पल रमाइलो गरेको प्रत्यक्ष हेर्न पाएँ , उनको हरेक गीतमा सबै दर्शकहरु एउटा सानो कन्सर्टमा आई रमाइरहेको जस्तो देखिएको थियो । हामी खुशी छौँ की सुशान्तसँगको यो सम्बन्धले उनको प्रशंसक नजिक हुन पाएको छ” अमात्यले भने।
सोमस्र्वीले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त के.सी. लाई अगस्ट २०१९ बाट लागु हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेष्डर घोषित गरेको छ । सोमस्र्वीले धरान, बुटवल, पोखरा र नारायणगढमा लगायत विभिन्न शहरहरुमा यही अगस्ट महिनामा सिंग विथ सुसान्त आयोजना गर्दैछ ।