नेपालमा गार्मेन्ट फ्याक्ट्री खोल्न बङ्गलादेशी लगानीकर्ताले प्रस्ताव गरेका छन्। उनीहरुले नेपालमा फ्याक्ट्री खोल्नका लागि उद्योग विभागमा दर्ता गरेका छन्।
गार्मेन्ट उद्योग फस्टाएको बंगदादेशका लगानीकर्ताले नेपाल रोजेका छन्।
पछिल्लो समय नेपाली गार्मेन्ट उद्योग सन्तोषजनक छैन। कुनै समय नेपालको प्रमुख निर्यात वस्तुको रुपमा पर्ने गार्मेन्ट अहिले भने खस्कंदै गएको छ। संसारमै ठूलो उत्पादक मध्येको एक बंगलादेशका लगानीकर्ताले नेपाल रोज्नु सकारात्मक भएको उद्योग विभागले जानकारी दिएको छ।
१५ करोड लगानीमा नेपालमा गार्मेन्ट फ्याक्ट्री खोल्ने भन्दै तीनजना लगानीकर्ताले उद्योग दर्ता गरेका छन्।
विभागका अनुसार फ्याक्ट्रीबाट वार्षिक रेडिमेड कपडा १ लाख ३५ हजार पिस निकाल्ले लगनीकर्ताको प्रतिबद्धता रहेको छ। यसमा ३५ हजार पिस सर्ट, १० हजार पिस ट्राउजर, २० हजार पिस ट्रयाकसुट, २० हजार पिस ज्याकेट, र टि–सर्ट २० पिस हजार रहेको छ।
त्यस्तै, स्कर्ट ५ हजार पिस, कोट १० हजार पिस, जम्पसुट ५ हजार पिस र कुर्ता १० हजार पिस उत्पादन गर्ने उद्योगको योजना छ। यो उद्योग सञ्चालनमा आए ३१ जनाले रोजगारी पाउने देखिन्छ।