नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा नेपाल चेम्बर अफ कमर्शले तीज व्यापार मेला आयोजना गर्ने भएको छ। नेपाल महिला चेम्बरद्धारा ‘दोस्रौं तीज व्यापार मेला–२०७६’ आयोजना हुने भएको हो।
राजधानीको जमलस्थित नेपाल चेम्बर अफ कमर्शमा भदौ ६ र ७ गते २ दिनसम्म आयोजना हुने सो मेलाको तयारी पूरा भएको चेम्बरले जानकारी दिएको छ।
नेपाली वस्तुको प्रयोग र प्रबद्र्धनका लागि मेला केन्द्रीत रहने छ। मेलामा महिला उद्यमी व्यवसायीहरूले आफ्ना सिर्जनात्मक उत्पादन र सेवा प्रर्दशन गर्ने छन्।
महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले तीज मेला केबल मेलाको रुपमा मात्र नभई महिलाहरूलाई व्यावसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरूलाई प्रबद्र्धन गर्ने माध्यम भएको बताइन्।
मेलामा काठमाडौंका महिलाद्धारा प्रर्बद्धित ५० फर्म÷कम्पनी, संघ–संस्थाहरूको स्टल रहने छ। ५० हजारभन्दा बढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने चेम्बरको अपेक्षा छ।
मेलालाई आकर्षक र मनोरञ्जनात्मक बनाउनका लागि माननीय सांसद प्रदेश ३ तथा पूर्व उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य, प्रदेश प्रमुख अनुराधा कोइराला, निर्माता, निर्देशक एंव लोकप्रिय कलाकार श्री दिपा श्री निरौंला, लगायतका व्यक्तित्वहरु कार्यक्रममा उपस्थित हुनेछन्।